चाम्सले भने, ‘वीर विक्रम मसलेदार फिल्म हो’


Filmy Kura, Jul 22, 2016 at 11:06 am

dayahang rai-milan chamsबहुप्रतिभाशाली व्यक्तित्व निर्देशक मिलन चाम्सले ‘वीर विक्रम’ मसलेदार फिल्म भएको बताएका छन् । उनले यो फिल्मलाई विशुद्ध नेपाली अर्गानिक फिल्मको संज्ञा दिए । बिहीबार राजधानीमा पत्रकार भेटघाट गर्दै फिल्म निर्माण यूनिटले गीत तथा ट्रेलर प्रदर्शन गरेको थियो । निर्देशक चाम्सले मसलेदार फिल्मका लागि विदेशमा प्रशस्त मार्केट रहेको पनि सो समारोहमा बताए । उनी नेपाली फिल्म विदेशमा रेड कार्पेट गर्ने पहिलो व्यक्ति समेत हुन् । यस अघि ‘हँसिया’ फिल्म निर्देशन गरेका चाम्स राम्रा फिल्म दिनका निरन्तर खटि नै रहेका छन् ।

भाद्र ३ रिलिज फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दीया पुन, नाजिर हुसेन लगायतका कलाकारले अभिनय गरेका छन् । पत्रकार माझ बोल्दै कलाकार दयाहाङले यसमा पनि अन्य फिल्म जस्तै मिहेनत गरेको भनाइ राखे । त्यसो त उनले यो फिल्म ‘कबड्डी कबड्डी’ को फ्लेवरबाट प्रभावित भएको भन्ने कुरा अस्विकार गरे । यता कलाकार अर्पण थापाले भने फिल्ममा जुन चरित्रमा काम गरिएको छ त्यसलाई न्याय दिलाउन तर्फ केन्द्रित भएको बताए । अनुप विक्रम शाही पनि फिल्मलाई लिएर निकै उत्साही छन् ।

समारोहमा आमन्त्रित अतिथिका हातबाट फिल्मको अडियो सिडी विमोचन गरिएको थियो । फिल्मको संगीत पक्ष पनि निकै सबल रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो