अनमोल केसी निर्मित म त तिम्रै हुँ देशभर प्रदर्शन


Filmy Kura, Jul 22, 2016 at 11:37 am

filmसुपरस्टार अनमोल केसी निर्माता रहेको फिल्म ‘म त तिम्रै हुँ’ आज शुक्रबार देखि देशभर प्रदर्शन भएको छ । नेपाल भर रहेका ६ दर्जन बढी हलमा यो फिल्म लागेको छ ।

उमेर अन्तरको प्रेम र त्यसले पार्ने प्रभाव फिल्ममा देखाउन खोजिएको छ । अनमोलको भने यो फिल्ममा अभिनय रहेको छैन । प्राय नव अनुहार अभिनित यो फिल्मले सोलो रिलिजको समेत मौका पाएको छ । तथापी श्रावण महिनाको झरी फिल्मको लागि बाधक बन्न सक्ने देखिएको छ ।

लभस्टोरी फिल्म प्रेमी दर्शकका लागि यो ‘म त तिम्रै हुँ’ अचुक बनेको हुन सक्छ । जीवनकालमा निकै उत्कृष्ट फिल्म दिएकी निर्मात्री सुस्मिता केसीको समेत अभिनय यो फिल्ममा रहेको छ । उनको अलवा यो फिल्ममा आकाश श्रेष्ठ, ज्योत्श्ना योगी, जीवन भट्टराई लगायतका कलाकार प्रमुख भूमिकामा छन् । फिल्मलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो