धुर्मुसले भने, ‘केपी ओली विकासलाई दुरदर्शी रुपमा हेर्ने व्यक्तित्व’


Filmy Kura, Jul 25, 2016 at 12:50 pm

dhurmus-चर्चित युवा हास्यकलाकार सीताराम कट्टेल उर्फ धुर्मुसले केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिए सँगै उनको बारेमा केही राम्रा गुणको प्रशंशा गरेका छन् । धुर्मुसले केपी ओली विकासलाई दुरदर्शी रुपमा हेर्ने व्यक्तित्व भएको बताएका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्री केपी ओलीले जनतालाई थुप्रै सपना देखाए । विकासका सम्भावनाहरु कोट्याए । हामीले पनि एकिकृत बस्ती विकास गर्ने सपना देख्यौ । जुन हाम्रो जस्तो मुलुकका लागि अत्यन्तै आवश्यक छ ।’ हाल सिन्धुपाल्चोक जिल्लाको गिरान्चौरमा वृहत बस्ती बसाल्ने क्रममा ढुंगा माटो सँग खेलिरहेका धुर्मुसले प्रम ओलीले निर्माण सामाग्री बोक्न गाडि साहायता गर्छु भनेर गरेको वाचा एक साता अघि पुरा गरेको कुरा समेत उल्लेख गरेका छन् । यो सहयोग ‘प्रधानमन्त्री सँग सिधा कुरा’ कार्यक्रम मार्फत गरिएको पहल कदमीले सम्पन्न भएको थियो ।

उनले ८ वर्ष देखि केपी ओलीको नक्कल गरेर राम्रो र नराम्रो दुवै गुण दर्शकमाझ देखाउन कोसिस गरेको बताएका छन् । तथापी केपीले बोलेका केहि विषय रमाइला, रसिला मात्र होइनन् उत्तिकै राम्रा र व्यवहारमा लागु गर्नु पर्ने खालको समेत भएको धुर्मुसको भनाइ छ । उनले अब बन्ने प्रधानमन्त्री पनि विकासमुखी पाइयोस् भन्ने कामना गरेका छन् । साथै सामाजिक काममा आफ्नो पाइला निरन्तर अघि बढाइरहने प्रण धुर्मुसले गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो