सुष्माको संजोगलाई पिजी, कलाकार चाहि कता बिजी ?


Filmy Kura, Jul 25, 2016 at 1:29 pm

susma karkiहट एण्ड सेक्सी नायिका सुष्मा कार्की अभिनित पछिल्लो फिल्म ‘संजोग’ लाई चलचित्र सेन्सर बोर्डबाट ‘पिजी’ सर्टिफिकेट प्राप्त भएको छ । लभ तथा एक्सन ओरिएन्टेड यो फिल्म श्रावण १४ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

पर्दामा पहिलो पटक एक्सन हिरो सविन श्रेष्ठ र सेक्सी नायिका सुष्माको अनस्क्रिन रामोन्सलाई समेत दर्शकले हेर्न पाउने छन् । फिल्म रिलिज दैलोमै आइपुग्दा समेत यसमा अभिनय गर्ने कलाकार भने आ–आफ्नै सुरमा छन् । सुष्मा फिल्मबाट अफर आउन छोडेपछि म्यूजिक भिडियो तर्फ अल्झिएकी छिन् यता सविन भने आफैले निर्माण गर्न लागेको फिल्म ‘हिरो रिटन्र्स’का लागि वर्क आउटमा व्यस्त छन् ।

फिल्म रिलिज डेट नजिकिए सँगै निर्माता उमेश उप्रेती आफै प्रचार प्रसारमा खटिएका छन् । विभिन्न मिडियामा अन्तरवार्ता दिने देखि भेटघाटमा सक्रिय रहेका निर्माता उप्रेतीले फिल्मले नयाँ स्वाद पस्कने दावी गरे । नारी प्रधान एक्सन फिल्म ‘संजोग’ हेर्न लायक बनेको उनको भनाइ छ । बेदप्रसाद भूर्तेल निर्देशित फिल्ममा सविन, सुष्मा, प्रज्वल गिरी र पुष्कर भट्टको प्रमुख भूमिका रहेको छ । त्रिकोणात्मक प्रेममा अगाडि बढेको ‘संजोग’मा गोविन्द राईको नृत्य, हरि नारायण चौधरीको छायांकन, चन्द्र पन्तको द्धन्द्ध रहेको छ ।

युजेस् फिल्मस्को व्यानरमा दधिराम उप्रेती प्रस्तुत ‘संजोग’ मा उमेशलाई रोशन उप्रेतीले लगानीमा सघाएका छन् ।

700 x 200px


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो