लेडी एक्सनमा वृन्दावन, रोमान्टिक गीत हेर्दै भुलाउनुस् मन


Filmy Kura, Jul 25, 2016 at 2:17 pm

silpa-pokhrelलेडी एक्सन फोकस फिल्म ‘वृन्दावन’को गीत रिलिज भएको छ । ‘यो मनको कुरा’ बोलको रोमान्टिक गीतमा प्रविशा अधिकारी र दवित शंकरको गायकी समावेश छ । प्रदीप भारद्वाजको शब्द रचनामा तयार यो गीतमा विकास चौधरीको संगीत रहेको छ ।

एक्सन पारखी दर्शकका लागि नायिका शिल्पा पोखरेलको स्टन्ट नविन स्वाद हुनेछ । त्यसो त बाँदरको समेत प्रमुख भूमिका यो फिल्ममा छ । रुद्र खनाल निर्मित ‘वृन्दावन’ आगामी भदौ १७ गतेदेखि अल नेपाल रिलिज हुने निर्माण पक्षले बताएको छ । राज बहादुर साने लिखित तथा निर्देशित फिल्म अहिले तिब्र प्रचारमा समेत उत्रिएको छ ।

शिल्पा पोखरेल, किशोर खतिवडा, दीपेन्द्र जिसी लगायतका कलाकार शीर्ष भूमिकामा रहेको ‘वृन्दावन’ मा कमल जिसीले सह–निर्माताका रुपमा काम गरेका छन् । रुद्राक्ष फिल्मस्को व्यानरमा निर्मित फिल्ममा अष्ट महर्जनको द्धन्द्ध, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

हेर्नुस् रोमान्टिक गीत


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो