शिवको नाममा भन्दै ब्रासलेट पोस्टर सार्वजनिक, साथ शिवमको


Filmy Kura, Jul 25, 2016 at 4:17 pm

braceletश्रावणको सोमबार शिवको आराधना गरिने दिन । यही पून्य दिनको अवसर पारी आज चलचित्र ‘ब्रासलेट’ को पोस्टर सार्वजनिक गरिएको छ । शिवम् सिमेन्टले पोस्टर प्रायोजन गरेको छ ।

भदौ १७ रिलिज फिल्मको पोस्टरमा नायक रमेश उप्रेती र नायिका रजनी केसी राम्रै छाएका छन् । पोस्टर आउट भए सँगै फिल्मका सम्बन्धित मेम्बरले यसलाई सामाजिक सञ्जाल फेसबुकबाट सेयर गरेका छन् । त्यसो त पछिल्लो समय फेसबुक प्रचार प्रसारको दरिलो माध्यम समेत बन्दै आइरहेको छ ।

सफल निर्माता केशव भट्टराईको लगानीमा तयार भएको ‘ब्रासलेट’लाई निर्मल शर्माले निर्देशन गरेका हुन् । फिल्ममा कमेडी, लभ, सस्पेन्स र एक्सन सबै कुरा मिश्रित रहेको निर्देशक शर्माको दाबी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो