सरकारले दुई घण्टा ढिला गरेपछि अत्तालिए पत्रकार


Filmy Kura, Jul 27, 2016 at 9:34 am

rojranaआइतबार केपी ओलीले प्रधामन्त्री पदबाट राजिनामा दिए सँगै राष्ट्रपति विद्यादेवी भण्डारीले हप्ता दिन भित्र सहमतीय सरकार निर्माणका लागि सबै दल सँग आह्वान गरेकी छिन् । हालको सरकार त अर्को मन्त्रीपरिषद गठन नभइन्जेल सम्मको लागि काम चलाउ सरकारका रुपमा रहेको छदै नी छ तर हामी यहाँ रातारात आएको अर्को सरकारको कुरा गर्दैछौ । तपाईलाई लाग्ला कसको नेतृत्वमा आयो यो सरकार ? पत्रकार नै अत्तालिने गरी दुई घण्टा ढिलो किन ?

जम्बो मन्त्रिमण्डल भन्दा कम थिएन यो सरकारको पनि अतिथि आसन ग्रहण । पत्रकारलाई दुई घण्टा कुराएर सुरु भएको सरकारको पत्रकार भेटघाट हेर्दा लाग्थ्यो दर्शक दिर्घामा बस्ने भन्दा अतिथि रोमा बस्ने धेरै । पत्रकारमा गाइगुई चल्यो । त्यही समूह भित्रबाट आवाज आयो, ‘के खालको भेटघाट हो यो । समयको ख्याल नभएकाहरु ।’ कुरा हो मंगलबार दिउँसोको । राजधानीकै अति व्यस्त ठाउँ उत्तर ढोकामा अवस्थित दरबार रोधी घरको । आखिर किन गए दिउसै रोधी घरमा सरकार ? अर्को प्रश्न उब्जिन सक्छ मनमा । हामी कुरा गर्दैछौ छायांकन अन्तिम चरणमा पुगेको एक चलचित्र ‘सरकार’ को ।

हो ‘सरकार’ र ‘संजोग’ फिल्मको संयुक्त जानकारी दिन पत्रकार भेटघाट राखिएको थियो । प्रमुख अतिथिका रुपमा निर्माता संघका उपाध्यक्ष समेत रहेका ‘पर्शुराम’ निर्देशक रोजराणा ढिलो गरी झुल्किए । हातमा माइक बोकेर यता उता घुमिरहेका पिएन सापकोटा नामका एक व्यक्ति स्टेजमा चलचित्रको पृष्ठभूमि बाँध्न थाले । उसै त दुई घण्टा ढिलो भइसकेको छ त्यसमाथि उनको भाषण । पछि थाहा भयो उनी त त्यो कार्यक्रमको होस्ट पो रहेछन् । तर कार्यक्रमलाई औपचारिकतामा नबाधी एकोहोरो बोलिरहने उनको ब्याड ह्याबीटको त के कुरा गर्नु । खास गरी उद्योगपतिहरुलाई अतिथि आसन ग्रहणमा विशेष जोड दिइएको थियो । करिब बीस अतिथिको माझमा प्रमुख अतिथिका रुपमा बसिरहेका रोजराणा टुलुटुलु हेरिरहेका थिए । अरुको मन्तव्य सुनेर उनी मुस्कुराई मात्र रहे ।

श्रावण १४ रिलिज ‘संजोग’का निर्माता उमेश उप्रेतीले सबैलाई स्वागत स्वरुप फिल्म राम्रो बनाउने कोसिस गरेको र यो फिल्म चल्यो भने यही क्षेत्रमा निरन्तरता दिने चलेन भने यसै भन्न सकिने अवस्थामा नरहेको बताए । झापा निवासी उप्रेतीले एक्सन प्रेमी दर्शकको लागि फिल्म बलियो खुराक भएको भनाइ राखे । फिल्मका निर्देशक बेद प्रसाद भूर्तेलले फिल्म पूर्ण मनोरन्जनात्मक बनेको भन्दै एकपटक हेरिदिन आग्रह गरे । समय निकै घर्कि सकेको थियो यो अवधि सम्म उपस्थित पत्रकारको आधा समूह बाहिरी सकेको थियो । ‘सरकार’ भन्दा कुरा हाबी ‘संजोग’ कै रह्यो । कलाकार प्रज्वल गिरी फिल्मलाई लिएर निकै आशावादी देखिए । फिल्मका अर्का हिरो सविन श्रेष्ठ भने अनुपस्थित थिए । जे होस् समाचार संकलनका लागि पुगेका पत्रकार ‘सरकार’ फिल्मले यसरी कुराइदिएपछि देशको सरकार सँग यो फिल्मलाई तुलना गर्न बाध्य भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो