सिंगल सकुन्तला


Filmy Kura, Jul 27, 2016 at 10:44 am

sakuntala posterभाद्र १० रिलिज फिल्म ‘सकुन्तला’ ले सिंगल रिलिजको मौका पाएको छ । सोही मितिमा आउन लागेको अर्को फिल्म ‘झुम्की’ सरेपछि ‘सकुन्तला’ सिंगल भएको हो ।

दीनेश श्रेष्ठ निर्देशित यो फिल्मको विशेषता भनेकै महानायक राजेश हमाल पहिलो पटक महिला चरित्रमा पर्दामा देखिनु हो । यही कारण पनि दर्शक उपस्थिति राम्रै होला भन्ने अडकल पछिल्लो समय काटिएको छ ।

‘सकुन्तला’ भेषमा देखिएका राजेशको महिला रुप दर्शकले रुचाएको खण्डमा उनी पुनः फिल्ममा सक्रिय रहने छाट देखिन्छ । नत्र उनी हाल फिल्म बिहीनको अवस्थामा छन् । त्यसो त उमेर हदको कुरा गर्ने हो भने राजेश मात्रै त्यस्तो एक्लो हिरो हुन् जसले हाल सम्म फिल्म खेलिरहे । सफल असफल त्यो अर्को कुरा हो ।

यो फिल्ममा राजेश सहित किशोर खतिवडा र अनु शाह मुख्य भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो