पैसा हालेर हिरो नभएको आर.एलको दाबी


Filmy Kura, Jul 28, 2016 at 12:17 pm

R.L Maharjanसाउन २१ रिलिज फिल्म ‘एक पल’ का हिरो आर.एल. महर्जनले पैसा हालेर आफू हिरो नभएको दाबी गरेका छन् । यो फिल्मको निर्माता स्वयम् रहेका उनलाई कतिले पैसा हालेर फिल्ममा देखिएको आरोप लगाउदै आएका छन् ।

उनले फिल्मीकुरा सँग यो विषयमा प्रष्ट पार्दै भने, ‘हो एक पल फिल्ममा मैले पैसा हालेको छु तर म आफै निर्माता भएकै कारण भने फिल्ममा हिरो बनेर आएको होइन । कथा वस्तु अनुसार म आफै खेल्दा उपयुक्त हुन्छ भन्ने कुरा निर्देशकबाट आएकोले म देखिएको हुँ ।’ फिल्म खेल्नका लागि अभिनय आवश्यक रहेको भन्दै उनले पैसा हाल्दैमा हिरो बन्न नसकिने समेत बताए ।

यता फिल्मका निर्देशक राज शाक्यले पनि आर.एल.ले फिल्ममा लगानी लगाएकोमा स्क्रिन सेयर गर्न दिएको भन्ने कुरा अस्विकार गरेका छन् । फिल्मको पात्र अनुरुप आर.एल. नै फिट हुने देखिएपछि खेलाएको निर्देशक शाक्यको भनाइ छ । यतिबेला फिल्म निर्माण यूनिट प्रचार प्रसारमा खटिएर लागेको छ ।

सांगीतिक प्रेम कथामा निर्माण भएको यो फिल्ममा आर.एल. महर्जन, जेनिशा केसी र आकाश शाह शीर्ष भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो