देशभर संजोग, पहिलो दिन सन्तोषजनक व्यापार


Filmy Kura, Jul 29, 2016 at 5:54 pm

700 x 200px५ दर्जन भन्दा बढी हलबाट आजदेखि रिलिज आरम्भ गरेको फिल्म ‘संजोग’ ले पहिलो दिन सन्तोषजनक व्यापार गरेको छ । झरीको सिजन भएपनि आज मौसम सफा रहदा दर्शकको साथ फिल्मले राम्रो पाएको हो ।

फिल्मीकुरा सँग टेलिफोन संवाद गर्दै निर्माता उमेश उप्रेतीले फिल्मको समग्र प्रस्तुतीलाई दर्शकले मन पराएको प्रतिक्रिया दिए । रोहित रत्नले वितरण गरेको फिल्मको व्यापारबारे बोल्दै निर्माता उप्रेतीले भने, ‘वितरकले जानकारी दिए अनुसार व्यापार सन्तोषजनक रहेको छ । भोलि शनिबार बिदाको दिन परेकाले अझ दर्शक बढ्नेमा आशावादी छु ।’ एक्सनले भरिपूर्ण यस फिल्मलाई वेद प्रसाद भूर्तेलले निर्देशन गरेका हुन् ।

‘संजोग’ मा लामो समय पछि हिरोइन सुष्मा कार्कीको अभिनयलाई दर्शकले हेर्न पाउनेछन् । त्यसो त सुष्माको अलवा यो फिल्ममा सविन श्रेष्ठ र प्रज्वल गिरी शीर्ष भूमिकामा छन् । त्रिकोणात्मक प्रेमलाई समेत पर्दामा दर्शकले नियाल्न पाउनेछन् यो फिल्ममा । लभर गर्लको भूमिकामा सुष्मा छिन् भने दुई हिरो एक्सन अवतारमा रहेका छन् ।

त्यसो त यही मितिबाट अर्को फिल्म ‘रेलिमाई’ पनि केही हलमा लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो