व्यावसायिक निर्माता बन्ने सुवेदीको धोको, गरियो गीत सँगै ट्रेलर आउट


Filmy Kura, Jul 29, 2016 at 6:27 pm

laljodi posterचलचित्र पत्रकारिताबाट फिल्म निर्देशनमा हात हालेका लक्ष्मण सुवेदीले व्यावसायिक निर्माता हुने धोको व्यक्त गरेका छन् । आज उनी निर्देशित दोस्रो फिल्म ‘लालजोडी’को गीत तथा ट्रेलर आउट कार्यक्रममा बोल्दै उनले फिल्म निर्माण रहरले नभई कमर्सियल हिसाबमा जाने हेतुका साथ गरेको बताए ।

यस अघि ‘एउटा साथी’ निर्देशन गरेका उनले भने, ‘कमेडी जनराको लालजोडीमा मैले पर्दा पछाडि थुप्रै काम गरेको छु । निर्देशन सँगै लेखन, निर्माण र गीत रचना मेरै हो । व्यावसायिक रुपमै म अगाडि बढ्न चाहान्छु । यदि फिल्मले सफलता दियो भने आगामी दिनमा म निरन्तर फिल्म निर्माण मै सक्रिय रहनेछु ।’ यो फिल्ममा सुवेदीकै लगानी रहेको छ । दीलासा क्रियशनको व्यानरमा निर्माण भएको फिल्म भाद्र १७ गतेदेखि अल नेपाल रिलिज हुँदैछ ।

कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकारले स्क्रिप्ट र आफ्नो क्यारेक्टर मन परेरै काम गरेको बताए । उनीहरुले पात्रलाई न्याय गरेको भन्दै फिल्म हेरेपछि पूर्ण मनोरन्जन मिल्ने विश्वास दिलाएका थिए ।

फिल्मको स्लोगन ‘लोद हँसाउछ, ग्वाँ ग्वाँ रुवाउछ’ भन्ने राखिएको छ । हिन्दु नारीहरुको महान पर्व तीजको अवसर पारी फिल्म रिलिज गराउन लागिएको हो । पत्रकार माझ फिल्मको एक गीत र ट्रेलर देखाइएको थियो । साथै फिल्मको पात्र झल्कने पोस्टर पनि सार्वजनिक गरियो ।

laljodi-press-meet
‘लालजोडी’मा प्राय हास्य सिरियलमा अभिनय गरेका कलाकारलाई देख्न सकिन्छ । ज्योति काफ्ले ‘नक्कली बाबुराम’, बुद्धि तामाङ ‘हैट’, गोविन्द कोइराला, मधु सुदन पाठक, रजनी केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

हेर्नुस् ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो