नारी बनेर पुरुषलाई चुनौती दिदै राजेश, सकुन्तला ट्रेलर रिलिज


Filmy Kura, Jul 29, 2016 at 7:04 pm

rajsh hamalमहानायक राजेश हमाल महिला भेषमा रहेको फिल्म ‘सकुन्तला’को ट्रेलर रिलिज गरिएको छ । आज युट्युवबाट ट्रेलर रिलिज गरिएको हो ।

नारी बनेर पुरुषलाई चुनौती दिएका राजेशलाई दर्शकले कतिको साथ देलान त्यो त रिलिज पछिका दिनले नै तय गर्नेछ । उनले नारीको अपमान गर्ने पुरुषलाई फिल्ममा खुलेरै चुनौती दिएका छन् । केही खराब पुरुषका कारण अझै पनि समाजमा नारी सुरक्षित हुन नसकेको यथार्थलाई समेत फिल्मले पस्कन खोजेको छ । फिल्मलाई युवा निर्देशक दीनेश श्रेष्ठले निर्देशन गरेका हुन् ।

ट्रेलरमा एक्सनलाई बढी फोकस गरिएको छ । केही दिन भित्रै निर्माण यूनिट फिल्मको तीब्र पब्लिसिटीमा समेत उत्रने तयारीमा छ । राजेश सँगै फिल्ममा अनु शाह, किशोर खतिवडा, रवि गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

हेर्नुस् ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो