रेखाले भनिन्, ‘प्रस्ताव अस्विकार गर्न सकिन’


Filmy Kura, Aug 2, 2016 at 3:13 pm

rekha thapaनायिका रेखा थापाले कुनै नयाँ फिल्म साइन गरिन् भने त्यसका पछाडिका कारणहरु खोज्ने गरिन्छ । किनकि हत्तपत्त जस्तो पायो त्यस्तो प्रकारको फिल्म उनले खेल्न छाडिसकेकी छिन् । आफ्नै होम प्रोडक्शनबाट वर्षको एउटा उत्कृष्ट फिल्म दर्शकमाझ दिने उनको योजना त छदैनी छ । तथापी पछिल्लो समय रेखाले दुई वटा फिल्मका लागि साइन गरिन् । यो वर्ष उनका दुई फिल्म दर्शकले हेर्न पाउनेछन् । ती दुई फिल्म हुन् ‘पलाँस’ र ‘हिरो रिटन्र्स’ ।

‘पलाँस’ को सुटिङ केही समय अगाडि सकाएकी रेखा अब ‘हिरो रिन्टर्स’का लागि व्यस्त रहनेछिन् । हामी कुरा गर्दैछौ ‘हिरो रिटन्र्स’ को । आखिर किन उनले यो फिल्म खेल्नका लागि गरिएको प्रस्ताव स्विकार गरिन् त ???? नायिका रेखाले यो विषयमा प्रष्ट पार्दै भनेकी छिन्, ‘मलाई यो फिल्मको लागि नायक सविन श्रेष्ठले प्रस्ताव राख्नुभयो । हार्ट टचिङ शैलीमा सविनले मलाई गरेको यो प्रस्ताव मैले अस्विकार गर्नै सकिन ।’ उनले सविनको प्रस्ताव राख्ने शैली मनपरेको भन्दै फिल्मको स्क्रिप्ट र आफ्नो भूमिका सशक्त भएकै कारण यो फिल्म साइन गरेको स्पष्ट पारेकी छिन् ।

त्यसो त सविन र रेखा बीच पछिल्लो समय प्रगाढ मित्रता कायम रहेको पाइन्छ । ‘अन्दाज’ फिल्मबाट डेब्यू गरेका सविनले रेखा सँग उक्त फिल्ममा स्क्रिन सेयर गर्ने मौका पाएका थिए । रेखाले ‘हिरो रिटन्र्स’ आफ्नो लागि विशेष भएको बताएकी छिन् । एक्सन र कमेडी वेसमा निर्माण हुन गइरहेको यो फिल्ममा रेखाको दुवै अवतार देख्न सकिनेछ अर्थात् यो फिल्ममा उनी हसाउने सहित एक्सन रोलमा हुनेछिन् । रेखाले अगाडि थपिन्, ‘हुन त म हास्यकलाकारको जस्तो हँसाउन नसकुला तर यो फिल्ममा म हँसाउने प्रयास भने अवश्य गर्नेछु ।’ यो पटक भने रेखा आफ्नै होमप्रोडक्शनबाट निर्माण भएको फिल्म लिएर नआउने भएकी छिन् । यसर्थ रेखा बाहिर व्यानरमा पनि आफ्नै फिल्म सम्झेर मिहेनतका साथ लागिपरेको अनुमान लगाउन सकिन्छ ।

फिल्मको टाइटललाई लिएर लेख्ने हो भने ‘हिरो’ फिल्मबाटै रेखाले डेव्यू गरेकी थिइन । उनका लागि पनि यो टाइटल प्रिय हुन सक्छ । त्यसो त रेखाले खेल्ने फिल्ममा हिरो छायाँमा पर्छ भन्ने गरिन्छ । यो फिल्ममा भने सविन र दिल श्रेष्ठ लिड रोलमा रहनेछन् । आखिर हिरो चाहि को हो त यो फिल्ममा ? ‘मलाई हिरोइनमा खेलाउनै छाडिसके हिरो मै हुँ’ रेखाले जवाफमा भनेकी छिन् । सुटिङ फ्लोर चाडै नै जाने तयारीमा रहेको यो फिल्म यही वर्षको अन्तिम महिना अर्थात चैतमा रिलिज गराने निर्माण पक्षले जनाएको छ । नायक सविन श्रेष्ठ स्वयमले यो फिल्म निर्माण गर्दैछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो