अहिले सम्म नगरेको रोल गर्दै सरोज खनाल


Filmy Kura, Aug 2, 2016 at 3:49 pm

saroj-khanalनेपाली चलचित्र प्रेमी दर्शकका लागि नायक सरोज खनाल अपरिचित नाम होइन । केही समय अमेरिका भासिएका उनी पुनः नेपाल फर्किए पश्चात चलचित्र क्षेत्रमा क्रियाशिल रुपले लागिरहेका छन् ।

एक फिल्मका लागि सरोज यतिबेला दारी पालिरहेका छन् । हाल सम्म खेलेको फिल्ममा भन्दा यसमा भिन्न चरित्र रहने उनले बताएका छन् । हुन त हरेक कलाकारले यी शब्द प्राय आफ्नो नयाँ फिल्म आउदा प्रयोग गरिरहेका हुन्छन् । कतै सरोजले पनि त्यही प्रक्रियालाई निरन्तरता दिएका त हैनन् ? प्रश्न उठ्न सक्छ तर यो विषयमा सरोजले थप प्रष्ट पार्दै भनेका छन्, ‘मैले हाल सम्म पोजिटिभ क्यारेक्टर फिल्ममा निभाएको छु तर यो फिल्ममा म नेगेटिभ क्यारेक्टरमा देखिनेछु । फिल्मको स्क्रिप्ट मैले पुरै पढे । त्यही अनुरुप आफ्नो चरित्र अनुसार दारी पाल्ने काम सुरु गरेको छु ।’

सरोजले आफ्नो जुंगा भने झपक्कै भएको प्रसंग निकाल्दै दारी पनि यसै गरी मलजल गर्दा बोट विरुवा सर्पे झै पलाउने विश्वास व्यक्त गरेका छन् । कुनै समय नेपाली फिल्ममा राम्रो स्थान ओगट्न सफल कलाकार सरोजले यो सब तयारी भने निर्माण हुन गइरहेको फिल्म ‘हिरो रिटन्र्स’का लागि गरेका हुन् । नेगेटिभ क्यारेक्टर गर्न लागेको भनेपछि प्रायले उनी भिलेनका रुपमा रहेको हो की अनुमान लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो