भाग्यमानी प्रवेश जसलाई छविराजले दिदैछन् ठूलो अवसर


Filmy Kura, Aug 2, 2016 at 4:29 pm

पर्दा पछाडिका हिरो  बाघ निर्माता छविराज ओझा धेरै कलाकारका प्रेरणाका श्रोत हुन् । उनले थुप्रै प्रतिभालाई नेपाली फिल्म क्षेत्रमा भित्राएका छन् । तर हामी यहाँ उनले कुनै कलाकारलाई डेव्यू गराउन लागेको समाचार लेख्न गइरहेका छैनौ ।

छविले उदार हुँदै कक्षा १० मा पढ्दै गरेका प्रवेश आचार्यलाई निशुल्क फिल्म पढाउने घोषणा गरेका छन् । आखिर को हुन् त प्रवेश ? प्रवेश आचार्य चलचित्र पत्रकार कुमार आचार्यका सुपुत्र हुन् । यति ठूलो मौका कमै व्यक्तिले पाएका हुन्छन् । काभ्रे निवासी प्रवेश १५ वर्ष लागेका छन् । यो साल एस.एल.सी दिने तयारीमा रहेका उनलाई यति ठूलो अवसर मिल्नुको पछाडि भने बुबा कुमार आचार्यको हात रहेको छ ।

करिब डेढ दशक चलचित्र पत्रकारीतामा संलग्न कुमारले श्रावण १६ गते आफ्नो जन्मदिन पारी आफै निर्मित फिल्म ‘बर्दी’ को ट्रेलर तथा गीत सार्वजनिक गर्ने कार्यक्रम राखेका थिए । उक्त कार्यक्रममा प्रमुख अतिथि बनेर गएका छविराज ओझाले कुमार आचार्यलाई बर्थ डे गिफ्ट स्वरुप प्रवेशलाई निशुल्क फिल्म पढाइदिने वाचा गरेका हुन् ।

chhabiraj-ojha-gopal-kayastha-prabesh-acharya

तस्बिरमा बायाँ तर्फबाट वितरक गोपालकाजी कायस्थ, प्रवेश आचार्य र निर्माता छविराज ओझा

उनले भने, ‘यदि कुमारको छोरा प्रवेश यो फिल्डमा इन्ट्रेष्टेड छ भने एस.एल.सी पास गरेपछि उसलाई म बानेश्वरमा भर्खरै खुलेको एभरेष्ट फिल्म एकेडेमीमा पढाउने व्यवस्था गर्नेछु ।’ छवि उक्त एकेडेमीका परामर्श बोर्डका सदस्य समेत रहेका छन् । वार्षीक रुपमा उक्त एकेडेमी अध्ययन गर्दा करिब डेढ लाख माथिको खर्च लाग्ने गर्छ । छविले यति मात्र नभई भोलि गएर प्रवेशले राम्रो पढेर सक्षम कलाकार बन्न सक्ने भयो भने आफ्नै फिल्ममा समेत खेलाउने बताएका छन् ।

अग्ला कदका प्रवेश ह्यान्डसम नै छन् । छविराजले उनलाई फिल्म खेल्न मन छ भनेर सोधेका थिए । जवाफमा प्रवेशले कलाकार बन्ने इच्छा आफू भित्र रहेको बताएका थिए । निकै धुमधामका साथ आफ्नो जन्मदिन मनाएका कुमारले छविले यस्तो घोषणा गरेपछि आफूमा खुसी छाएको प्रतिक्रिया दिए । त्यसो त कुमार छविराजका निकै निकट पत्रकार मानिन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो