फेसबुक कै कारण हिरो बने सविन, तर कसरी ?


Filmy Kura, Aug 2, 2016 at 4:56 pm

अचेल हरेक मानिसको प्रिय बनिसकेको छ सामाजिक सञ्जाल फेसबुक । सूचनाको श्रोत समेत मानिदै आएको फेसबुक कतिको लागि अभिषाप सावित भएको पनि होला तर यसलाई हामीले उपयुक्त ढंगबाट प्रयोग गर्ने हो भने यसले धेरै फाइदा पनि दिन सक्छ ।

पछिल्लो पुस्ताका रुचाइएका एक हिरो हुन् सविन श्रेष्ठ । कतिलाई पत्यार नलाग्न सक्छ उनी यही माध्यम अपनाएर हिरो बनेका हुन् । हो वास्तवमा सविनले फेसबुक थ्रु बाटै फिल्म पाएका थिए । फिल्म खेल्नु पूर्व केही म्यूजिक भिडियोमा मोडलिङ गरेका सविनले फेसबुकमा निर्देशक उज्वल घिमिरे सँग च्याट गर्दै जादा हिरो हुने अवसर जुरेको हो ।

sabin and ujjwal

नायक सविन श्रेष्ठ र निर्देशक उज्वल घिमिरे

यो कुरा स्वयम निर्देशक घिमिरेले प्रष्टाएका छन् । उनले सम्झे, ‘मलाई एकदिन म्यासेज आयो फेसबुकमा । हेरेको चिनजान नभएको व्यक्तिले दाई के छ भनेर सोधेको छ । फोटो हेर्दा राम्रै लाग्यो ।’ च्याटिङ कै क्रममा सविनले उज्वल घिमिरे सँग आफूले केही भिडियो गरेको र फिल्म खेल्न इच्छा भएको लेखेका थिए । यसरी उनले केही फोटोसुट गरेका तस्बिर निर्देशक घिमिरेलाई पठाए । यही क्रममा निर्देशक घिमिरेले उनी सँग भेटेर ‘अन्दाज’ फिल्मका लागि अफर गरे ।

निर्देशक घिमिरेले भने, ‘पछिल्लो समय हिरो हुन पैसा हाल्ने र निर्माता निर्देशकको घरको ढोका ढक्ढक्याउने चलन हाबी छ तर सविनले त्यस्तो कहिल्यै गरेनन ।’ नभन्दै सविनका लागि यो फिल्म फलदायी पनि सावित भयो । त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेको छैन । यो फिल्डमा लागेको ४ वर्षमै सविनले करिब दुई दर्जन जस्तो फिल्ममा कुशलता पूर्वक अभिनय गरिसकेका छन् । जे होस् निर्देशक घिमिरेले आफूले भित्राएको हिरो अहिले यतिको क्रियाशिल भएर एकपछि अर्को फिल्ममा काम गरिरहेकोमा खुसी व्यक्त गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो