देशभरका हलमा जेनिशाको एक पल


Filmy Kura, Aug 5, 2016 at 11:36 am

ek-pal-adआज शुक्रबार देखि देशभरका हलमा सांगीतिक प्रेम कथामा निर्माण भएको चलचित्र ‘एक पल’ प्रदर्शन भएको छ । राज शाक्यले निर्देशन गरेको यो फिल्ममा नायिका जेनिशा केसी लिड रोलमा रहेकी छिन् ।

गीत संगीत उत्कृष्ट रहेको यो फिल्ममा लभ र रोमान्स सहित एक्सनका दृश्यले दर्शकको मन जित्न सकिनेमा निर्माण पक्ष ढुक्क देखिएको छ । त्यसो त जेनिशा स्वयमले निकै आशा गरेकी छिन् यो फिल्मबाट । आफूलाई माया गर्ने फ्यान तथा दर्शकले एकपटक हेर्नै पर्ने फिल्म बनेको जेनिशाले फिल्मीकुरालाई बताएकी छिन् ।

आर.एल. महर्जन फिल्मका लगानीकर्ता हुन् जो पर्दामा जेनिशा सँग जोडीको रुपमा देखिएका छन् । आकाश शाह फिल्मका अर्का मुख्य कलाकार हुन् । सुरज श्रेष्ठ सह–निर्माता रहेको ‘एक पल’ले बिहानी शोमा आज राम्रो ओपनिङ गरेको छ ।

यस्तै शुक्रबारबाटै ‘प्रतिविम्ब’ र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ नामक फिल्मपनि रिलिजमा आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो