निखिलको अंगालोमा बेनिशा, किङमा मस्ती पनि


Filmy Kura, Aug 5, 2016 at 12:28 pm

nikhil-benishaनायक निखिल उप्रेतीको अंगालोमा नायिका बेनिशा हमाललाई देखेर छक्क नपर्नुहोला । एक्सन प्रधान फिल्म ‘किङ’को एक गीतको सुटिङ समय लिइएको तस्बिर हो यो । निखिल बेनिशाको मस्ती गीतमा देख्न सकिन्छ ।

असोज २१ गते रिलिज हुने यो फिल्मलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् । उनले यो फिल्ममा निखिललाई फरक गेटअपमा भिन्न एक्सनमा उतारेका छन् । द्धन्द्ध निर्देशक रोशन श्रेष्ठले के नयाँ प्रयोग गरेका छन् त यो फिल्ममा ? निखिलको परिचय नै एक्सन हिरोको रुपमा भएकाले पनि उनले केही न केही नौलो दिन खोजेका होलान यसमा भन्ने अनुमान गर्न सकिन्छ ।

फिल्म क्षेत्रमा खासै जन्म नसकेकी बेनिशाका लागि ‘किङ’ आफैमा विशेष हुने नै भयो । त्यसैले गर्दा पनि उनले यसबाट अन्य गरि आएका फिल्म भन्दा धेरै आशा राखेकी छिन् । फिल्ममा भिलेन अवतारमा अनुप विक्रम शाहीले अभिनय गरेका छन् ।

छायांकनको अन्तिम चरणमा रहेको यो फिल्ममा जयन श्रेष्ठको लगानी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो