एक्सन कमेडीको समिश्रण वीर विक्रम, यस्तो छ दोस्रो ट्रेलर


Filmy Kura, Aug 6, 2016 at 3:10 pm

diya punमिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा एक्सन र कमेडी दुवैको समिश्रण पाइन्छ । विदेशमा गरिएको रेड कार्पेट प्रिमियरबाट राम्रो प्रतिक्रिया बटुलेको यो फिल्म नेपालमा भने यही भदौ ३ गतेबाट रिलिज हुँदैछ । फिल्ममा अहिलेका चल्तीका कलाकार दयाहाङ राई, अनुपविक्रम शाही, नव अनुहार दीया पुन, नाजिर हुसेन, अर्पण थापा लगायतको अभिनय रहेको छ ।

फिल्म रिलिजको संघारमा आइपुग्दा समेत कलाकारले खुलेर पब्लिसिटीका लागि समय खर्चन सकेका छैनन् । तथापी उनीहरुले आफ्नो फेसबुकबाट भने सक्दो प्रचार गरिरहेका छन् । यस अघि ‘हँसिया’ फिल्म निर्देशन गरेका मिलन चाम्सले ‘वीर विक्रम’ हेर्न आउनेले पछुताएर फर्कनु पर्ने स्थिति नआउने बताएका छन् । फिल्ममा दयाहाङले हिरोइन सँग कम्मर मर्काएको समेत देख्न पाइनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो