राधेमा प्रियंका जोइन, निखिल सँग स्क्रिन सेयर गर्दै


Filmy Kura, Aug 7, 2016 at 6:23 pm

nikhil-priyankaनायिका प्रियंका कार्की निर्माण तयारीमा रहेको फिल्म ‘राधे’मा जोइन भएकी छिन् । उनले यो फिल्ममा पहिलो पटक एक्सन हिरो निखिल उप्रेती सँग स्क्रिन सेयर गर्ने मौका पाएकी छिन् ।

सफल फिल्म निर्माता सुशील पोखरलको ड्रिम प्रोजेक्ट ‘राधे’मा थुप्रै नव अनुहार हेरिए पनि अन्तत प्रियंकालाई फाइनल गरिएको हो । प्रवेशका हिसाबले छोटो समयमा निकै व्यस्त बनेकी प्रियंकालाई फिल्म बाहेक स्टेज शोजहरुमा भ्याई नभ्याई छ । त्यसो त निखिल पनि ‘भैरव’ फिल्मबाट कमब्याक भएसँगै एकाएक मा फिल्मी मार्केटमा निर्माताको पहिलो रोजाईमा परिरहेका छन् ।

भाद्र महिनाबाट फिल्मको सुटिङ प्रारम्भ गर्ने निर्माण पक्षले बताएको छ । पूर्णतया एक्सन प्रधान रहने यो फिल्मलाई जगदिश्वर थापाले निर्देशन गर्दैछन् । जो फिल्मका लेखका रुपमा परिचित छन् । निखिल र प्रियंका सँगै अशिष्मा नकर्मी, प्रमोद अग्रहरी लगायतका कलाकारको ‘राधे’मा अभिनय रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो