छक्का पञ्जा ट्रेलर आउट, युट्युवमा आक्रामक तवरले भ्यूअर्स बढ्दै


Filmy Kura, Aug 9, 2016 at 1:48 pm

dipak-priyankaकमेडी फिल्म ‘छक्का पञ्जा’को ट्रेलर आउट गरिएको छ । ट्रेलर राखेको दुई घण्टा नबित्दै करिब ३ हजार भ्यूअर्सले युट्वुमा यसलाई हेरेका छन् ।

निकै प्रतिक्षित यो फिल्म आगामी भाद्र २४ गतदेखि अल नेपाल रिलिज हुँदैछ । ट्रेलरमा समावेश कमेडी संवाद र यसले उठाएको सामाजिक विषय हेर्दा अघिल्ला दुई फिल्म ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ भन्दा यो अब्बल देखिएको छ ।

हास्य अभिनेत्री दीपाश्री निरौलाको डेब्यू निर्देशन रहेको यो फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे, वर्षा राउत, नम्रता सापकोटा, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

उत्कृष्ट गीत संगीत फिल्मको सबल पक्ष हो भने सार्वजनिक ट्रेलरले अझ फिल्म सशक्त बनेको प्रमाण दिएको छ । फिल्मले समाजमै घट्ने घटना सँगै बेराजगारीको समस्यालाई मुख्य रुपमा उठान गरेको छ ।

हेर्नुस् ट्रेलर


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो