दीपाको जवाफ, ‘राम्रो टिमका कारण निर्देशन गरे’


Filmy Kura, Aug 9, 2016 at 3:03 pm

dipashree-niraulaडेब्यू निर्देशक दीपाश्री निरौलालाई प्राय पत्रकारको अचेल एउटै प्रश्न हुन्छ किन फिल्म निर्देशन गर्नुभयो ? उनले राम्रो टिम पाएका कारण फिल्म निर्देशन गरेको स्पष्ट पारेकी छिन् ।

‘छक्का पञ्जा’ उनको निर्देशनमा तयार भएको फिल्म हो । जुन भाद्र २४ बाट देशव्यापी प्रदर्शन हुँदैछ । आज ट्रेलर आउट कार्यक्रममा बोल्दै दीपाले भनिन्, ‘टेक्निकल टिम देखि डाइरेक्शन डिपार्ट अनि कलाकारबाट सपोर्ट पाए यही कारण म आज निर्देशकका रुपमा आफूलाई चिनाउन सक्ने भएको छु । फिल्ममा अभिनय गर्ने हास्यकलाकार सबैले मलाई यसरी गरौ भनेर बाटो देखाउथे । विशेष गरी त छ एकान छ निर्देशक दीनेश डिसी दाई अनि वडा नम्बर ६ निर्देशक उज्वल घिमिरे दाईको काम गराई शैली मैले दुई फिल्ममा नजिकबाट नियाल्न पाएको थिए आज त्यही अनुभवले मैले छक्का पञ्जा निर्देशन गरेको हुँ ।’

उनले फिल्म राम्रो बनाउने कोसिस गरेको भनाई राखिन । समारोहमा अघिल्ला दुई फिल्म निर्देशन गरेका दीनेश र उज्वललाई सम्मान पत्र र खादा ओडाएर सम्मान गरिएको थियो । अघिल्ला दुई फिल्म ब्लकबस्टर हिट भएका थिए । अब यो पटक नतिजाको पर्खाइमा निर्माण यूनिट रहेको छ ।

फिल्ममा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौड्याल, जितु नेपाल, केदार घिमिरे लगायतका कलाकार लिड रोलमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो