जितु भन्छन्, ‘शरीर त सलमानले देखाउछ हाम्रो त उही टाउको हो’


Filmy Kura, Aug 9, 2016 at 2:53 pm

jitu nepalजितु नेपाल उर्फ मुन्द्रेले ‘छक्का पञ्जा’ फिल्मको पोष्टरलाई लिएर आफ्नो भनाई सार्वजनिक गरेका छन् । पोष्टरमा पपकर्न माथि हास्यकलाकारको टाउकोलाई विशेष फोकस गरिएको छ ।

फिल्मका शीर्ष कलाकार मध्येका एक जितुले भनेका छन्, ‘यो पोष्टर हेरेर कस–कसले के–के अनुमान लगाए थाहा भएन मेरो अनुमान चाहि यस्तो छ । हामी हास्यकलाकारहरुको जे छ यही टाउकोमा छ शरीर त सलमान खानले देखाई हाल्छनी, हैन र ?’

उनले ट्रेलर आउट पछि भाद्र २४ कहिले आउला भन्ने दर्शकलाई लाग्ने बताएका छन् । नभन्दै सार्वजनिक ट्रेलरले त्यो कौतुहलता जगाएको छ । जितुले थपे, ‘हाम्रा यी टाउकाले जति जान्यौ, जति गर्न सक्यौ गरेका छौ । त्यसैले यही टाउको देखायौ ।’

फिल्मबाट निकै आशावादी रहेका जितु यो पटक भने बाहुन बाजेको रोलमा छन् ।

film poster -chhakka panja


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो