फोनमा शिवहरिले दीपकलाई भने, ‘म फिल्मको कलाकार हो कि ड्राइभर ?’


Filmy Kura, Aug 9, 2016 at 4:11 pm

shivahari-dipakrajएउटा हास्यकलाकारले अर्को हास्यकलाकारलाई उडाउनु स्वभाविक हो । हासो, ठट्टा र रमाइलो तवरमा ‘छक्का पञ्जा’ फिल्मको सुटिङ त सकियो तर त्यसभित्रको एक रमाइलो रहस्य दीपकराज गिरीले सबैमाझ खोलेका छन् ।

काभ्रेमा सुटिङ हुँदा अन्य कलाकार त्यही बसे पनि शिवहरि पौड्याल भने काठमाडौबाट दैनिक जसो सुटिङ स्थल पुग्ने गर्थे । यही क्रममा उनको सवारी भएका कारण काठमाण्डौबाट अरु दुई चार जना कलाकार पनि आफू सँगै ल्याउनका लागि काभ्रेबाट दीपकराज गिरीले फोन मार्फत भन्ने गर्थे । ती कलाकारमा नायिका वर्षा रावत पनि पर्थिन् । वर्षाको नाम लिनसाथ शिवहरि खुसी हुन्थे ।

केही समय पछि भने शिवहरि आफैले फोन गरेर आज पनि वर्षालाई ल्याउने हो भनेर सोध्न थाले । एकदिन दीपकराजले तपाई अनि अर्को कलाकार त्यसपछि बसुन्धरा दिदी आउनु वर्षालाई नल्याउदा हुन्छ उनको कुनै सिन छैन भनेछन् । शिवहरि पनि के कम दीपकलाई फोन मै जवाफ दिएछन्, ‘हैन हो दीपकजी म यो फिल्मको कलाकार हो कि ड्राइभर ?’ यो सुटिङ समय भएको रमाइलो घटना फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा दीपकले सुनाएका हुन् । त्यसपछि हलमा हासो गुञ्जिहाल्यो । उनको कुरा सुनेर शिवहरि पनि मुसु मुसु हासिरहेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो