जय पर्शुरामले पायो पीजी प्रमाण


Filmy Kura, Aug 9, 2016 at 4:44 pm

biraj bhattaसाउन २८ रिलिज हुने फिल्म ‘जय पर्शुराम’ले सेन्सर बोर्डबाट पीजी प्रमाण पाएको छ । द्धन्द्धका केही दृश्यमा बोर्डले कैची चलाएको हो । अब फिल्म १६ वर्ष भन्दा मूनिका दर्शकले आफ्नो अभिभावकको निगरानीमा मात्र हेर्न पाउनेछन् ।

५ वर्ष पछि पुनरागमन गरेका नायक विराज भट्ट यो फिल्ममा प्रहरीको भूमिकामा छन् । उनको अपोजिटमा नायिका निशा अधिकारी रहेकी छिन् । खलपात्र रविन तामाङको हाउभाउ र डायलगले एक्सन फिल्म रुचाउने दर्शकको लागि थप आशा जगाएको छ ।

रोज राणा निर्मित तथा निर्देशित यो फिल्मलाई मौनता श्रेष्ठले लेखेका हुन् । मल्टिप्लेक्स भन्दा सिंगल स्क्रिनमा फिल्मले उल्लेख्य दर्शक साथ बटुल्ने अड्कल काटिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो