नमुना बस्ती बनाउने धुर्मुस–सुन्तली बने मैना जोडी (भिडियो)


Filmy Kura, Aug 10, 2016 at 12:26 pm

dhurmus-suntaliनमुना बस्ती बनाएर कलाकार मात्र नभई समाजसेवीको रुपमा समेत आफूलाई परिचित गराएका सिताराम कट्टेल उर्फ धुर्मुस र कुन्जना घिमिरे ‘सुन्तली’ मैना जोडी भन्दा कम छैनन् । उनीहरुलाई नै हरेर एउटा गीत तयार पारिएको छ । जसको भिडियो केही दिन अघि सार्वजनिक गरिएको छ ।

११ वर्षीय बालगायक साई उज्वल कोइरालाको स्वरमा तयार यो गीतमा शब्द तथा संगीत भने टंक बुढाथोकीले दिएका छन् । काभ्रे जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेपछि सिन्धुपाल्चोकको गिरान्चौरमा अर्को बस्ती बसाल्न तल्लीन उनीहरुलाई मैना जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोलाई गायक कोइरालाका माता पिता सरिता र प्रकाश कोइरालाले निर्देशन गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो