नीर जहिले रिसाउने : युट्युवमा भाइरल बन्दै भिडियो


Filmy Kura, Aug 10, 2016 at 1:13 pm

kaliprasad -baskotaगीतकार, संगीतकार तथा गायक कालीप्रसाद बाँस्कोटाका सिर्जनाले पछिल्लो समय यसरी दर्शकको हृदय छुन सफल भएको छ कि उनका गीत रिमेक गर्ने देखि लिएर भिन्न भिन्न प्रकारले भिडियो निर्माण गर्ने एउटा जमात नै सामाजिक सञ्जाल युट्युवमा सक्रिय रहेको पाइएको छ ।

सरल शब्द रचना, मिठास पूर्ण संगीत अनि जादुमयी गायकी कालीप्रसादको विशेषता हो । अघिल्लो फिल्म ‘रेशम फिलीली’मा उनको शब्द तथा संगीतमा तयार गीत ‘पारी त्यो डाँडामा’ जसरी भाइरल भएको थियो यो पटक पनि त्यसबाट अछुतो रहन सकेन । अघिल्लो फिल्मको गीत जस्तै यो पटक पनि उनले शब्द, संगीत र स्वर भरेको ‘पुरानो डुङ्गा’को ‘नीर जहिले रिसाउने’ बोलको गीत भाइरल बन्दै गइरहेको छ ।

मुखैमा झुन्डिने शब्द फेरि युथ नवजोडी देखि लिएर श्रीमान श्रीमतीलाई समेतलाई मिल्ने यो गीतको भाव नै गीत रुचाइनुको मुख्य कारण बनेको छ । गीतको ओर्जिनल भिडियो युट्वुमा छोडिएको छैन । अडियो भर्सन मात्र आउदा यसलाई मन पराउनेहरुले आफै भिडियो निर्माण गरेर युट्युवमा अपलोड गरिरहेका छन् । सञ्चारमाध्यम मध्ये सरल र सहज मानिने एफ.एम रेडियोमा सर्वाधिक बज्ने गीतमा यो गीत पनि पर्न आउछ ।

रामबाबु गुरुङ निर्देशित यो फिल्ममा दयाहाङ राई र प्रियंका कार्की मुख्य भूमिकामा रहेका छन् ।

हेर्नुस् एक भिडियो


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो