कांग्रेस युवा नेतालाई मनपर्यो फिल्मको विषय, बिजुली मसिन ट्रेलर रिलिज


Filmy Kura, Aug 11, 2016 at 11:32 am

Bijuli Machine (1)कांग्रेस युवा नेताद्धय डा. मिनेन्द्र रिजाल र गगन थापाले ‘बिजुली मसिन’ नामक फिल्मले उठान गरेको विषय भिन्न स्वाद र शैलीको रहेको भन्दै प्रशंसा गरेका छन् । बुधबार राजधानीमा एक कार्यक्रमकाबीच यो फिल्मको ट्रेलर रिलिज गरिएको थियो ।

ट्रेलर हेरेपछि कांग्रेस केन्द्रीय सदस्य डा. रिजालले युवापुस्ताहरुले नयाँ कथामा फिल्म निर्माण गरेकोमा खुसी व्यक्त गर्दै फिल्मको विषय आफ्ना लागि नौलो भएको बताए । अर्का केन्द्रीय सदस्य थापाले पछिल्लो समय नेपाली फिल्ममा बदलाव आएको बताउँदै युवाहरुले चुनौतीपूर्ण किसिमले विज्ञानको कथामा फिल्म बनाएको भन्दै तारिफ गरे । कार्यक्रमका अन्य वक्ताहरुले युवाहरुको प्रयासको सराहना गरेका थिए ।

Bijuli Machine 1
फिल्मका निर्देशक नविन अवालले उर्जा संकटका कारण देशले भोग्नुपरेको नियति र आम नेपालीहरुमा देखिएको असहजता र अभावको दैनिकीलाई फिल्मले कलात्मक ढंगले देखाउने बताए । ‘फिल्मले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ’ निर्देशक अवालले भने, ‘यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’

Bijuli Machine
कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, फूटबलर विमल घर्ती मगर, धावक सञ्जय पण्डित, सञ्चारकर्मी सिर्जना दुवाल श्रेष्ठ, व्यवसायी प्रसन्ना बस्नेत, समाजसेवी नलिन सेन थापा र विवेकशील नेपालीबाट पुकार बमलाई सम्मान गरिएको थियो ।

Bijuli
सिलौटी इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले लगानी लगाएका छन् । फिल्ममा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलिजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । त्यसो त यो फिल्मको अर्को विशेषता भनेको महानायक राजेश हमाल समेत फिल्ममा विशेष भूमिमा प्रस्तुत भएका छन् ।

आगामी भदौ ३१ गतेबाट यो फिल्म अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो