पूर्व पुग्यो ब्रासलेट, रमेशसँगै देखिए छवि र नरेन्द्र


Filmy Kura, Aug 11, 2016 at 12:19 pm

bracelet unitफिल्मको प्रचारका सिलसिलामा पूर्वका विभिन्न जिल्लामा ‘ब्रासलेट’ यूनिट पुगेको छ । त्यहाँका स्थानीयवासीलाई फिल्मको जानकारी दिने हेतुले यतिबेला फिल्मका कलाकार सहित निर्माता केशव भट्टराई र निर्देशक निर्मल शर्मा खटिएर लागिपरेका छन् । एक निर्माताको फिल्म चल्दा अर्को निर्माताले सहयोग नगर्ने वेवास्ता गर्ने परिपाटीलाई समेत ‘ब्रासलेट’ले तोडेको छ ।

फिल्म प्रचारमा सघाउ पु¥याउने उद्देश्यले निर्माता केशव भट्टराईका दुई साथी छविराज ओझा र नरेन्द्र महर्जन पनि सग–सगै पूर्व पुगेका छन् । रमेश उप्रेती लामो समयको ग्याप पछि यही फिल्म मार्फत दर्शकमाझ पुन पहिला जोडिएको साइनो दरिलो बनाउन आएका छन् ।

मोफसलका विभिन्न सञ्चारमाध्यममा अन्तरवार्ता दिने पत्रकार तथा शुभचिन्तक सँग साक्षात्कार गर्ने कार्य गरिरहेका यो टिम केही समय पछि राजधानी आउनेछ । पारिवारिक सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्मको चर्चा यतिबेला चुलिदो छ ।

रमेश उप्रेती र रजनी केसी शीर्ष भूमिकामा रहेको यो फिल्म भाद्र १७ देखि अल नेपाल रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो