इन्टरभ्यू सेटबाटै उठेर हिडे रोज


Filmy Kura, Aug 11, 2016 at 3:50 pm

ROJ-RANAडेब्यू निर्देशक रोजराणा इन्टरभ्यू सेटबाटै उठेर हिडेका छन । मिडियाकर्मीले ‘जय पर्शुराम’ लाई अदालतले तत्काल रिलिज नगर्न दिएको आदेश सम्बन्धी प्रश्न सोध्दा उनले यो विषयमा केही जवाफ नदिई सेटबाटै हिडेका हुन् ।

रोजले फिल्म रिलिजका लागि सम्पूर्ण तारतम्य मिलाई सकेको र जसरी पनि साउन २८ मै फिल्म लाग्ने जिकिर समेत गरेका छन् । तर उनले अदालतले दिएको आदेश प्रति भने मुख खोल्न चाहेनन् । करोडौको लगानीमा फिल्म तयार पारेको र आमजनमानसमा फिल्मलाई लिएर ब्यग्र प्रतिक्षा रहेको भन्दै रोजले फिल्म तोकिएकै मितिमा हलमा लाग्ने पत्रकारलाई बताएका छन् ।

तीन वर्ष अघि विकास बोर्डमा ब्लाक चिल्ली आर्ट फिल्मस्ले ‘पर्शुराम’ निर्माण इजाजत लिएको थियो । सोही नामको अगाडि जय थप्दै रोजले फिल्म बनाएको भन्दै उक्त ब्लाक चिल्ली आर्ट फिल्मस्ले पुनरावेदन अदालत पाटनमा मुद्धा दायर गरेको थियो । अदालतले पर्शुराम सँग मिल्दो जुल्दो नाम भएका फिल्म तत्कालका लागि प्रचार प्रसार तथा प्रदर्शन नगर्नु भनि अन्तरिम आदेश दिएको थियो ।

यो फिल्ममा विराज भट्ट, निशा अधिकारी, रविन तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो