राजेश महिला बन्न पाउदा खुसी छन् : दीनेश श्रेष्ठ


Filmy Kura, Aug 11, 2016 at 3:59 pm

dinesh-shresthaमहानायक राजेश हमाललाई पहिलो पटक महिला भेषमा उतार्न हिम्मत गर्ने निर्देशक दीनेश श्रेष्ठले ‘सकुन्तला’ खास र विशेष फिल्म बनेको बताएका छन् । उनले राजेश स्वयम महिला पात्र हुन पाउदा खुसी भएको फिल्मीकुरालाई जानकारी दिए ।

उनले भने, ‘राजेशलाई महिला चरित्रमा उतार्नु आफैमा एउटा चुनौती त थियो नै तर उहाँ आफै पछि यो फिल्मको सबै स्क्रिप्ट पढिसकेपछि इन्ट्रेष्टेड हुनुभयो ।’ विशेष त ‘सकुन्तला’ नारी प्रधान फिल्म भएको बताउने दीनेशले भदौ १० निर्माण यूनिटलाई मात्र नभएर आम दर्शकलाई प्रतिक्षाको दिन भएको भनाइ राखे । उनले फिल्मलाई एक्सन, लभ र सस्पेन्सको समिश्रण भन्न रुचाए । ‘नेपाली फिल्म क्षेत्रमा केही नौलो काम गरौ भनेर मैले राजेशलाई महिला अवतारमा उतारेको हुँ’ निर्देशक दीनेशले थपे, ‘हरि तालिका तीजका अवसरमा सकुन्तला हेर्दै मनोरञ्जन लिनुहोला ।’

‘सकुन्तला’मा महानायक हमाल सँगै किशोर खतिवडा, अनु शाह, रवि गिरी लगायतका कलाकारको अभिनय रहेको छ । भदौ १० रिलिज हुने यो फिल्म हालसम्म सिंगल देखिएको छ अर्थात यो मितिमा अन्य फिल्म नआउने पक्का पक्की जस्तै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो