गौरी मल्लले सुरु गरिन् टेलिभिजन कार्यक्रम


Filmy Kura, Aug 14, 2016 at 4:55 pm

gauri-malla

जिवन्त अभिनय क्षमता भएकी अभिनेत्री गौरी मल्लले टेलिभिजन कार्यक्रम सुरु गरेकी छिन् । न्यूज २४ टेलिभिजनमा विगत ६ वर्ष देखि प्रसारण हुदै आइरहेको एक लोकप्रिय कार्यक्रम ‘आमा’ को सिजन २ मा उनी प्रस्तोताको रुपमा देखिएकी छिन् ।

सिजन २ को पहिलो शो शनिबार राति ९:३० बजे प्रसारण भएको थियो । जहाँ उनले शारीरिक रुपले अशक्त रहेनी आफ्नो क्षमताले विश्वमाझ साहित्य फाँटमा चिनिएकी साहित्यकार झमक कुमारी घिमिरे र उनको आमालाई प्रस्तुत गरेकी थिइन । जन्मले मात्र होइन कर्मले पनि आमा हुनेहरुको कथा ‘आमा’ कार्यक्रमको सिजन २ मा समावेश गरिने भएको छ ।

गौरीले मर्मस्पर्शी भाव सहित आफू कोखमा गर्भ नबोकेरै धेरै पटक आमा भएको बताएकी छिन् । उनले कर्मले आमा हुन पाउदा धेरै खुसी महसुस भएको धारणा कार्यक्रममा राखेकी छिन् । यस अघि सिजन १ सविनाले सञ्चालन गर्दै आएकी थिइन ।

हेर्नुस् कार्यक्रम तपाईको पनि मन छुनेछ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो