चपली ब्रान्डले चपली हाईट २ को हाइप चुलिदो


Filmy Kura, Aug 15, 2016 at 11:08 am

arjun kumarकेही वर्ष पहिले निर्माण गरिएको फिल्म ‘चपली हाईट’ ले ब्लकबस्टर हिट सूचिमा आफूलाई दर्ता गराए सँगै यो नाम एउटा ब्रान्ड नै बन्यो । अहिले यही नामलाई क्यास गर्दै निर्माता अर्जुन कुमारले ‘चपली हाईट २’ निर्माण गरे जसको हाइप फिल्मी मार्केटमा चुलिदो छ ।

रिलिज संघारमा रहेको यो फिल्मलाई लिएर दर्शकमाझ एक खालको प्रतिक्षा भएको निर्माता कुमारले फिल्मीकुरालाई बताएका छन् । कलाकार नयाँ भए पनि परिपक्क अभिनय, सबल गीत संगीत अनि यसले उठाएको विषयका कारण फिल्म सशक्त छ भन्ने आधार तय भएको निर्माण यूनिटको दाबी छ ।

सस्पेन्स् थ्रिल मूभि ‘चपली हाईट २’ पहिलाको ‘चपली हाईट’ भन्दा उत्कृष्ट व्यापार गर्न सफल रहनेमा ढुक्क छन् निर्माता अर्जुन कुमार । दर्शक हल जादा जुन अपेक्षा लिएर गएका हुन्छन् त्यो कुरा यो फिल्म हेरेपछि मिट हुने उनको भनाइ छ । फिल्म प्रचारका लागि उनको दौडधुप बाक्लिएको छ ।

यो फिल्म भदौ २ गते जनै पूर्णिमाको अवसर पारी उपत्यका बाहिर र ३ गते शुक्रबार उपत्यकाका हलमा रिलिज हुनेछ । त्यसो त छिट्टै हङकङ, अष्ट्रेलिया, जापान र कोरियामा समेत फिल्म देखाउने तयारी भइरहेको निर्माता अर्जुन कुमारले जनाएका छन् । सफल फिल्म निर्देशक दीपेन्द्र के खनाल निर्देशित यो फिल्ममा सम्भावना बोकेका कलाकार आयुष्मान जोशी, परमिता आरएल राना र मरिष्का पोखरेल शीर्ष भूमिकामा छन् । फिल्मलाई लिएर निर्देशक पनि उत्साहित देखिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो