जेनिशाले गरिन् दिपज्योति रिजेक्ट, भारत भासिने तयारी


Filmy Kura, Aug 18, 2016 at 12:40 pm

jenishaनायिका जेनिशा केसीले निर्माणाधिन चलचित्र ‘दिपज्योति’ रिजेक्ट गरेकी छिन् । केही समय अघि निर्माण यूनिटले उनलाई लिड रोलमा लिएर काम गर्ने एग्रीमेन्ट गरेको थियो ।

जेनिशाले उक्त फिल्म रिजेक्ट गर्नुको कारण खुलाउदै फिल्मीकुरा सँग भनिन्, ‘मलाई पहिला अनुबन्ध गर्ने बेलामा हिरोको रुपमा सौगात मल्ल लिएका छौ भनेर एग्रीमेन्ट गराइयो । मेरो अकाण्टमा उहाँहरुले फिल्म खेले बापत दिनु पर्ने पारिश्रमिक पनि पठाइदिनु भयो । तर अन्तिममा पो थाहा भयो सौगातको उक्त फिल्ममा काम गर्ने विषयमा कुनै कुरा भएको रैनछ ।’

जेनिशाले निर्माण यूनिटले दिएको पैसा पनि फिर्ता गरिदिएको बताइन् । सौगातको ठाउँमा पैसा हाल्ने अरु कोही हिरोको रुपमा आउने भनेपछि उनले फिल्म नगर्ने निर्णय गरेकी हुन् । उनले थपिन्, ‘मलाई अब हिरोको पछि पछि लागेर हिड्ने रोल खेल्न मन लाग्न छोडिसक्यो । म अब विमिन इनपावरमेन्ट गर्ने खालको फिल्म भए मात्र खेल्छु । जसमा महिला केन्द्रीय पात्रमा होस् ।’ जेनिशा अब भारत भासिने तयारीमा समेत छिन् । इन्डियन सिरियलमा खेल्ने सोचका साथ उनी भारत जान लागेकी हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो