वीर विक्रमको भव्य रेडकार्पेट प्रिमियर, उपराष्ट्रपतिले गरे तारिफ


Filmy Kura, Aug 18, 2016 at 1:18 pm

BIG NEWSबुधबार चलचित्र ‘वीर विक्रम’को कुमारी हलमा भव्य रेड कार्पेट प्रिमियर शो गरिएको छ । जहाँ उल्लेख्य मात्रामा परिचित चलचित्रकर्मीको उपस्थिति रहेको थियो ।

यस अघि सोही दिन दिउँसो कडा सुरक्षाका बीच बीग मूभिजमा उपराष्ट्रपति नन्द बहादुर पुन सहित विभिन्न राजनीतिज्ञलाई यो फिल्म देखाइएको थियो । उपराष्ट्रपति सपरिवार फिल्म हेर्न हल पुगेका थिए । उनले फिल्म हेरिसकेपछि अर्गानिक फिल्म बनेको र आफूलाई निकै मन परेको बताएका थिए ।

साँझ गरिएको कुमारी हलको प्रिमियरमा भने बाजा सहित झाकी निकालिएको थियो । मिलन चाम्सले यो फिल्म निर्देशन गरेका हुन् । यस अघि विदेशमा गरिएको रेड कार्पेट समेत सफल ठहरिएको थियो । फिल्म हेरिसकेपछि सबैले ‘वीर विक्रम’ राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।

जनै पूर्णिमा र रक्षा बन्धनको मौका छोप्दै भदौ २ गते बिहीबार बाटै यो फिल्म अल नेपाल रिलिजमा आएको छ । ‘वीर विक्रम’मा दयाहाङ राई, दिया पुन, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन शीर्ष भूमिकामा छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो