यूनिभर्सल ब्रासलेट


Filmy Kura, Aug 18, 2016 at 1:45 pm

ramesh-rajaniभदौ १७ रिलिज फिल्म ‘ब्रासलेट’लाई चलचित्र जाँच समितिले यूनिभर्सल सर्टिफिकेट दिएको छ । पारिवारि सामाजिक कथामा निर्माण भएको यो फिल्मलाई अब सबैले हेर्न पाउने भएका छन् ।

सफल फिल्म निर्माता केशव भट्टराईको लगानीमा तयार भएको फिल्मलाई निर्मल शर्मा ‘गैडा’ले निर्देशन गरेका हुन् । मोफसलका विभिन्न जिल्लामा फिल्मको प्रचार प्रसार सकाएर केही दिन अघि मात्र निर्माण यूनिट काठमाडौं फर्केको छ । अब राजधानी केन्द्रित प्रचारमा यो टिम खट्नेछ ।

रमेश उप्रेती, रजनी केसी प्रमुख भूमिकामा रहेको यो फिल्म नेपाली महिलाहरुको महान पर्व हरि तालिका तीजको अवसर पारी देशव्यापी प्रदर्शनमा आउन लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो