अन्तत रमेशले पाए ऐश्वर्याको लागि नयाँ हिरोइन


Filmy Kura, Aug 19, 2016 at 12:56 pm

dipika-prasaiनायक रमेश उप्रेती आफैले निर्माण गर्न लागेको फिल्म ‘ऐश्वर्या’का लागि हिरोइनको खोजी अन्तत टुंगो लागेको छ । उनले थुप्रै नयाँ अनुहारलाई नियाले पनि अडिसनबाट दीपिका प्रसाईँ फाइनल भएकी छिन् ।

यो फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गर्दैछन् । त्यसो त दीपिका सँगै शीर्ष भूमिकामा अर्की अभिनेत्री केकी अधिकारी पनि रहनेछिन् । सात वर्ष लामो अमेरिका बसाई पछि नेपाल आएका रमेश पुनः फिल्म मै केही गर्ने सोचका साथ लागिपरेका छन् । उनको समेत प्रमुख भूमिका यो फिल्ममा रहनेछ ।

फाइनल भएकी नयाँ हिरोइन दीपिकाको बारेमा लेख्ने हो भने उनी हाल स्नातक अध्ययन पूरा गरेर बसीरहेकी छिन् । मोडलिङमा सक्रिय दीपिका धनगढीका हुन् । २२ वर्ष टेकेकी उनको शारीरिक उचाई ५ फिट ६ इन्च अग्लो छ । हेरौ उनको डेव्यू कतिको फलदायी सावित हुन सक्ला ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो