वेवीले ल्याइन छोरीलाई पनि रंगिन दुनियाँमा


Filmy Kura, Aug 20, 2016 at 2:38 pm

bi newsनिर्मात्री तथा कलाकार उमा वेवीले आफ्नो छोरीको जन्मदिन पारी नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । अघिल्लो साता राजधानीमा पत्रकार सम्मेलन मार्फत उनले नाम तय भैनसकेको चलचित्र घोषणा गरेकी हुन् ।

उमाले यही फिल्म मार्फत छोरी सिवानी गिरीलाई नेपाली फिल्मको रंगीन दुनियामा प्रवेश गराउदैछिन् । सिवानी मिस भारत वल्र्ड २०१६ को फस्ट रनरअप, मिस भारत सिक्किम २०१६ को विनर र मिस भारत हिमालया २०१६ को विनर समेत हुन् ।

कार्यक्रममा बोल्दै सिवानीले विभिन्न सौन्दर्य प्रतियोगिता जितेपछि आफूलाई अभिनयले आकर्षित गरेको भनाइ राखेकी थिइन् । यो फिल्ममा भुवन केसी र मोडल नम्रता योगी मुख्य भूमिकामा रहने भएका छन् । त्यसो त फिल्मको लागि अर्को एक नवनायकको भने खोजि गरिएको छ । फिल्मको कथाबस्तु मनपरेर काम गर्न लागेको अभिनेता भुवनले समारोहमा बताएका थिए ।

फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्नेछन् । उनले फिल्मको कथावस्तु सिक्किम र नेपाल जोड्ने विषयमा रहने जानकारी दिए । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो