शालिनदीमा रेखाको जन्मदिन


Filmy Kura, Aug 21, 2016 at 4:00 pm

rekha-thapa-big-news

गलामा दुवोको माला । बिचमा घेरिएकी रेखा थापा । साइडमा बाजा गाजा नी गुन्जिएका छन् । धेरैले अनुमान गरे कसैको बिहे वा ब्रतवन्ध होला भनेर । तर यो थियो बर्थ डे सेलिब्रेसन ।

rekha-birthday
हो अन्य सेलिब्रेटीले मनाउने जन्मदिन भन्दा नितान्त बेगल तरिकाले आफ्नो ३४ औ जन्मदिन रेखा थापाले शालिनदीमा गएर धार्मिक शैलीमा मनाएकी छिन् । धार्मिक रेखाले अलि भिन्न तवरबाट आफू जन्मेको दिनलाई स्मरण गरेकी हुन् । उक्त स्थानमा लगिएको ठूलो केक काट्दै रेखाले सुरुमा आफूलाई जन्म दिने आमा सरस्वती थापालाई केक खुवाइन् । अनि बज्यो ताली । साथमा शंख, घण्टा र तबलाको धुन ।

साथै रेखाले यो पवित्र दिनमा उक्त स्थानमा आफैले निर्माण गरेको वृदाश्रमको पनि सुभसाइत गरिन । उनी पछिल्लो क्रममा समाज सेवामा अलि बढी सक्रिय भएको पाइन्छ । यसरी सेवा भावले जन्मदिन मनाउन पाउँदा खुसी लागेको रेखाले प्रतिक्रिया दिइन ।

‘हिरो’ फिल्मबाट रजतपट प्रवेश गरेकी रेखा पछिल्लो समय निर्मात्री हुँदै निर्देशक सम्मको यात्रा तय गर्न सफल भएकी छिन् । थुप्रै नायिकाको भिडमा अभिनय कला मार्फत रेखा नम्बर वान नायिकाको रुपमा चिनिन्छिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो