हास्यकलाकार दमन फिल्म निर्माण गर्दै, फुटेको जोडीसँग मिलन


Filmy Kura, Aug 25, 2016 at 11:41 am

jitu-damanहास्यकलाकार दमन रुपाखेतीले फिल्म निर्माण गर्ने भएका छन् । उनले यतिबेला फिल्मको आन्तरिक तयारी गरिरहेको बताउँदै अबको दुई महिना पछि औपचारिक फिल्म निर्माणको घोषणा गर्ने बताएका छन् ।

पछिल्लो समय हास्यकलाकारहरुले निर्माण गरेको फिल्म व्यवसायिक रुपमा सफल भएपछि उनी यतातिर आकर्षित भएका हुन् । उनले भने, ‘अब हास्यकलाकारले अभिनय गरेको फिल्म पनि दर्शकले मन पराउन थालेका छन् । हिरो हुन ज्यान र अनुहार चाहिने मान्यता तोडिएको छ । कथा अनुरुप हास्यकलाकार नी हिरो हुन सक्दछन् भन्ने प्रमाणित भइसकेको छ । म पनि कमेडी फिल्म निर्माण गर्छु ।’

यस अघि उनको फुटेको जोडीको पुनर्मिलन भएको छ । हास्यकलाकार जीतु नेपाल ‘मुद्रे’सँग कुनै समय जोडी बाँधेर हरेक कार्यक्रम सँगै सँगै गर्ने दमन करिब एक दशक छुट्टिएरै काम गरे । तर फेरि यो पटकको गाइजात्रा देखि भने उनीहरु दुवै सँगै देखिएका छन् । काठमाडौको प्रज्ञा प्रतिष्ठानमा अहिले चलिहरको गाइजात्रामा समेत यी दुईले सँगै प्रहसन गरेका छन् । भावी दिनमा जीतु सँग सहकार्य गरेर नयाँ काम गर्ने सोच बनाएको दमनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो