भाद्र ३१ मा सवारी हाक्दै किशोर


Filmy Kura, Sep 12, 2016 at 8:47 am

kishor-khatiwodaभाद्र ३१ गते एक्सन हिरोका रुपमा चिनिएका कलाकार किशोर खतिवडाले सवारी हाक्दै छन् । सवारी चालक अर्थात बुझिने भाषामा भन्नुपर्दा एक ड्राइभरको जनजीवन सँग जोडिएको तीता मिठा घटनामाथि निर्माण भएको फिल्म ‘ड्राइभर दाई’ नेपालका अधिकांश हलमा रिलिज हुँदैछ ।

किशोरले ड्राइभरको भूमिका निभाएका छन् । उनले यो फिल्मबाट फरक अनुभव संगालेको बताएका छन् । त्यसो त यो फिल्म धान्नुपर्ने जिम्वेवारी किशोरको काँधमा रहेको छ । कारण शीर्ष भूमिका उनी आफैले सम्हालेका छन् । यता हट नायिकाको रुपमा आफूलाई प्रस्तुत गर्दै आइरहेकी सीमा केसी भने यो फिल्ममा नारीको प्रतिनिधित्व गर्दै सिम्पल रुपमा देखा परेकी छिन् । ड्राइभर भन्न साथ साधारण वर्गका व्यक्तिले हेर्ने फिल्म भनेर नबुझि दिन यी दुई कलाकारले आग्रह समेत गरेका छन् । साधारण तथा विशिष्ट वर्ग दुवैका लागि मनोरञ्जन दिने सवालमा ‘ड्राइभर दाई’ अचुक बनेर प्रस्तुत भएको निर्माण पक्षले दाबी गर्दै आइरहेको छ ।

वि.एस बलामी निर्देशीत यो फिल्ममा किशोर र सीमा सहित प्रज्वल गिरी केन्द्रिय भूमिकामा छन् । राजेन्द्र गौतम र ज्ञानु महर्जनको संयुक्त लगानीमा तयार भएको यस फिल्ममा श्री श्रेष्ठको द्धन्द्ध, सुमन तण्डुकारको छायांकन तथा यब्बु थापा र निशा शाहको नृत्य निर्देशन रहेको छ । फिल्मलाई नविन पन्तले लेखेका हुन् । ‘ड्राइभर दाई’ फिल्मको गीतमा संगीत भने टंक बुढाथोकी र सरु गौतमले दिएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो