सफरमा बाल्यकालको झल्को (भिडियो सहित)


Filmy Kura, Sep 13, 2016 at 12:41 pm

14199481_895534587256989_7573422368982027738_nवास्तवमा बाल्यकालको याद भनेको युवा अवस्था या वृद्ध अवस्था पार गर्दा पनि हाम्रो मानसपटलमा चित्रित भइरहेको हुन्छ । यस्तै स्मरण गराउने कोसिस सम्पूर्ण छायांकन अमेरिकामा गरिएको फिल्म ‘सफर’मा गरिएको छ ।

केही दिन अघि रिलिज गरिएको फिल्मको ट्रेलरले बाल्यकालको झल्को दिन्छ । तीन जना साथीले बिना योजना गरेको यात्रा अनि त्यो यात्रा भित्र आउने उतारचढावलाई मुख्य कथा वस्तु बनाएर फिल्म निर्माण भएको छ । ‘सफर’मा सञ्चारकर्मी सञ्जय गुप्ताले नायकको रुपमा डेव्यू गरेका छन् । उनको अलवा यो फिल्ममा मनन सापकोटा, शिविर पोखरेल, नुर्जा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

आशिश श्रेष्ठ निर्देशित यो फिल्ममा केशव खड्काको लगानी रहेको छ । आगामी असोज १४ बाट फिल्मले प्रदर्शन आरम्भ गर्दैछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो