छक्का पञ्जाबाट हरिवंश, मदन देखि रविन्द्र सम्म प्रभावित


Filmy Kura, Sep 14, 2016 at 12:55 pm

hari-madan-rabindraकमेडी फिल्म ‘छक्का पञ्जा’ हेरेपछि महजोडी देखि बीबीसी सम्पादक रविन्द्र मिश्र समेत प्रभावित भएका छन् । सामान्य व्यक्ति देखि लिएर बौद्धिक वर्गको व्यक्तिलाई समेत यो फिल्म मनपरेपछि सबैले यसको भित्री मन देखि प्रशंसा गरेका छन् ।

फिल्मको मेकिङ देखि प्रस्तुत विषय र यसमा आबद्ध कलाकारको उत्कृष्ट अभिनय नै फिल्म चल्ने मुख्य आधार बनेको छ । फिल्म हेरिसकेपछि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लगातार दुई पटक फोन गरेर टिमलाई खुलेर बधाई दिएको निर्देशक दीपाश्री निरौलाले बताएकी छिन् । हरिवंशका जोडी मदन कृष्ण श्रेष्ठले पनि फिल्म हेरुन्जेल पूर्ण मनोरञ्जन पाएको बताएका थिए । यता बीबीसी नेपाली सेवाका सम्पादक समेत रहेका बरिष्ठ पत्रकार तथा समाजसेवी रविन्द्र मिश्रले पनि ‘छक्का पञ्जा’ वास्तवमै राम्रो फिल्म बनेको भनि तारिफ गरेका छन् । उनले त यो फिल्म हेरेपछि दीपकराज गिरी र दीपाश्री निरौलालाई भेट्न मन लागेको समेत खुलासा गरेका छन् ।

करिब ६० भन्दा बढी हास्यकलाकारले अभिनय गरेको यो फिल्मको शीर्ष भूमिकामा दीपकराज, प्रियंका कार्की, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मले २०७३ सालमा रिलिज थुप्रै फिल्म मध्ये उत्कृष्ट व्यापार गरी इतिहास रचेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो