हाकुकालेको लालपुर्जा


Filmy Kura, Sep 24, 2016 at 4:11 pm

saugat-malla‘लुट’ फिल्मबाट एकाएक चम्किएका हाकुकाले उर्फ अभिनेता सौगात मल्लले ‘लालपुर्जा’ फिल्म खेल्ने भएका छन् । असोज १० गतेबाट सुटिङ प्रारम्भ हुने यो फिल्मको उनले लिड गर्नेछन् ।

मधेस समुदाय र पहाड समुदायमा बस्ने दुई पात्रको सेरोफेरोमा यो फिल्मको कथा अघि बढ्नेछ । सफल फिल्म निर्माता माधव वाग्लेले ‘लालपुर्जा’को लागि रकम विनियोजन गर्नेछन् । सौगात सँगै फिल्ममा ‘रेशम फिलिली’बाट मार्क भएका हरिया अर्थात अभिनेता कामेश्वर चौरासिया, मेनका प्रधान, विपिन कार्की, हरिहर शर्मा लगातका कलाकारको अभिनय रहनेछ । यही फिल्मबाट नयाँ अनुहार मिरुना मगरले नायिकाको रुपमा डेव्यू गर्दैछिन् । फिल्मलाई निगम श्रेष्ठले निर्देशन गर्नेछन् ।

निगम ‘छड्के’ निर्देशन पश्चात चर्चामा आएका निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो