बडादशैमा सुब्बा साब


Filmy Kura, Sep 24, 2016 at 4:43 pm

subba-sapयो पटकको बडा दशैमा दक्षिण बटुल्ने हेतुले ‘सुब्बा साब’ देशभरिका हलमा आउने भएको छ । उसो त चाडपर्वमा फिल्म लगाउन निर्माता तछाड मछाड गरिरहेका हुन्छन् । तर चल्ने फिल्म अफसिजनमा पनि उत्कृष्ट व्यापार गर्न सफल सिद्ध देखिन्छन् ।

बडा दशै लक्षित ‘सुब्बा साब’ असोज २१ गते रिलिज हुने भएको हो । केही दिन अघि फिल्मको फष्टलुक समेत सार्वजनिक गरिएको थियो । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रालिको व्यानरमा निर्माण भएको फिल्मलाई राजु अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा प्रतिको लगावलाई स्क्रिनमा प्रष्ट्याउन खोजेको छ ।

रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारी जस्ता व्यक्तिले सामूहिक लगानीमा बनाएको यो फिल्ममा जीवन लुँइटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा शिवाकोटी लगायतका कलाकार केन्द्रिय भूमिकामा प्रस्तुत छन् । फिल्म लेखनमा निरन्तर सक्रिय मौनता श्रेष्ठ ‘सुब्बा साब’ का लेखक हुन् । पवन गौतमले छायांकन गरेको यो फिल्ममा कमल राईको नृत्य निर्देशन रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो