तुइन पीडा अब फिल्ममा (भिडियो)


Filmy Kura, Sep 24, 2016 at 5:16 pm

tuinयस अघि ‘बेस्ट फ्रेन्ज फरएभर’ निर्देशन गरेका युवा निर्देशक उत्सव थपलियाले अहिले भने सत्य घटनामा नजिक रहेर एक मर्मस्पर्शि फिल्म निर्देशन गरेका छन् । उक्त फिल्मको नाम हो ‘तुइन’ । हो, बास्तवमा अझै पनि नेपालको केही जिल्लामा तुइन मार्फत दैनिक आवातजावत गर्नुपर्ने समस्या छ । नेपाल सरकारबाट हरेक तुइन हटाएर पूल निर्माण गरिने योजना अघि सारिए पनि त्यसले साकार रुप नपाउदा थुप्रै नेपालीले अझै जोखिम मोलेर तुइन यात्रा गर्न बाध्य छन् ।

केही दिन अघि मात्र ‘तुइन’ फिल्मको टिजर आउट भएको छ । यो फिल्मलाई अमेरिका बस्दै आएकी गैरआवासिय नेपाली सुजना उप्रेतीले निर्माण गरेकी हुन् । वास्तविकतामा आधारित यो फिल्मको टिजर यतिबेला यूट्युवमा रुचाइएको छ । पूर्ण फिल्म भने विदेश प्रदर्शन र च्यारिटी शो गरेपछि मात्र आम दर्शकले हेर्न पाउनेछन् ।

फिल्ममा किशोर सुरेश थापा, परिच्छिद विक्रम राणा, विशाल डोटेल, श्याम खड्का, चिराग थपलिया लगायतका नयाँ कलाकारको अभिनय रहेको छ । कम उमेर मै यूथ डिरेक्टर थपलियाले फिल्म मार्फत रियालिटी पस्कने कोसिस गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो