राधेमा यस्तो देखिए प्रियंका निखिल


Filmy Kura, Sep 25, 2016 at 12:36 pm

nikhil-priyankaएक्सन हिरो निखिल उप्रेती सँग पहिलो पटक ‘राधे’ फिल्ममा स्क्रिन सेयर गर्न पाउदा नायिका प्रियंका कार्की खुसी देखिएकी छिन् । उनले सुटिङ स्थलबाटै निखिल सँगको एक फोटो आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेकी छिन् ।

उनले निखिललाई सुपरस्टारको संज्ञा दिएकी छिन् । पछिल्लो समय चल्तिकी नायिकामा गनिने प्रियंका फिल्म र स्टेज कार्यक्रममा देश तथा विदेश बढी जाने कलाकारको अग्रपंक्तिमा पर्छिन् । उत्कृष्ट अभिनय र नृत्य गर्न सक्ने खुवी भएकी प्रियंका र निखिलको जोडीलाई दर्शकले पहिलो पटक पर्दामा हेर्न पाउनेछन् ।

पूर्णतया एक्सन प्रधान यो फिल्मको यतिबेला मोफसलमा धमाधम सुटिङ भइरहेको छ । ‘राधे’को निर्देशक जगदिश्वर थापा हुन् भने यसमा लगानी सफल निर्माता सुशील पोखरेलले लगाएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो