बिमोचनमा बिहे प्रसंग हाबी, घरजम गर्न राजेश तयार


Filmy Kura, Sep 27, 2016 at 3:52 pm

  1

सशक्त स्वरका धनी लोकप्रिय गायक राजेश पायल राईलेदर्शन नमस्ते दर्शक तथा श्रोता माझ ल्याएका छन् सोमबार राजधानीमा एक कार्यक्रमका बीच उनले आफ्नो बुबा आमाको हातबाट एल्बमको बिमोचन गरे

 केही फरक ढंगबाट विमोचित एल्बममा गायक राजेशको बिहे प्रसंग भने हाबी रह्यो उनले समारोहमा बोल्दै अघिल्ला दुई श्रृङ्खला हिट भइसकेको तेस्रोबाट धेरै आशा बोकेको हुन सक्ने भन्दै त्यही अनुरुप मिहेनतका साथ दुई वर्ष लगाएर बल्ल रिलिज गरिएको बताए साथै राजेशले पारिवारिक इच्छा अनुरुप आफू बिहेका लागि राजि रहेको समेत भनाइ राखे उनका बुबा रत्न राईले पाँच छोरो मध्ये काइला छोरा राजेशले संगीत क्षेत्रमा लागेर आज देशकै छोराको रुपमा पहिचान बनाएकोमा खुसी लागेको बताए यो एल्बममा भिन्न स्वाद शैलीका गीत सुन्न सकिन्छ बरिष्ठ गीतकार रत्नशमशेर थापा, दिनेश अधिकारी, डा. नवराज लम्साल, नरेश भट्टराईको शब्द रचना रहेको एल्बमका गीतमा महेश खड्का, हरि लम्साल लगायतको संगीत समावेश रहेको समारोहमा राजेशले एल्बमका तीन वटा गीत पनि लाइभ प्रस्तुत गरेका थिए ।यो गीतलाई बजार व्यवस्थापन गरेको विन्धवासीनीले १३ वर्षको अन्तरालमा हाल सम्मकै महंगो रकममा राजेश पायल राईको गीतको राईट किनेको विन्धवासीनीले १५ लाख रुपैयामा एल्बमको सम्पूर्ण राइट्स किनेको हो

राजेशपायल बार्दली हो : दिनेश अधिकारी
यता एल्बम बिमोचन समारोहमा गीतकार दिनेश अधिकारीले राजेश पायल राईलाई बार्दलीको संज्ञा दिए उनले थपे, ‘बार्दली भनेको माथि बस्नेले पनि तल हेर्ने तल भएकाले पनि माथि हेर्ने बीचको भाग हो हो, राजेश त्यहि हो अग्रजले पनि उनका सिर्जना मन पराउछन् अनि नव आगन्तुकले यस्तै बन्न पाए हुन्थ्यो भनेर इच्छा राख्छन्

वेलकम छोरा, बुहारी ल्याउ : रत्न राई
राजेशका बुबाले मन्तव्यका क्रममा आफूले शिखर जितेको अनुभव गरेपनि कुनै समारोहमा जादा छोराको बिहे नभएको भन्ने प्रसंग अरुले कोट्याउदा छाती भरी काढै काढाले घोच्ने गरेको स्मरण गरे उनले छोरालाई आफूलाई मन परेको केटी बिहे गरेर घर भित्राउन आग्रह समेत गरे राजेशका बुबाले थपे, ‘हामीले जे खान्छौ उसलाई नी त्यही खुवाउछौ हामी जे मा सुत्छौ बुहारीलाई नी त्यसैमा सुत्ने व्यवस्था गर्छौ त्यो भन्दा बढी चाही गर्न सक्दैनौ हलमा हासो गुञ्जियो बुबाको कुरा सुनिरहेका राजेश पनि मुस्कुराए रत्न राईले पारिवारिक कुरामा फोकस गर्दै भने, ‘तिमीलाई वेलकम छोरा बुहारी ल्याउ त्यसो राजेशले पनि पारिवारिक इच्छा अनुरुप आफू छिट्टै बिहे गरेर घरजम गर्न तयार रहेको बताएका थिए


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो