सिंगल शिल्पा प्रेमी खोज्दै


Filmy Kura, Sep 27, 2016 at 4:55 pm

silpa-pokhrelजीवनमा उमंग भित्रियो भन्दै नायिका शिल्पा पोखरेलले प्रेमीको कल्पना गरेकी छिन् । उनी अभिनित फिल्म ‘किस्मत २’ को सार्वजनिक एक रोमान्टिक गीतमा उनले आफ्नो दिल नाचेको कुरा गरेकी छिन् । तथापी सिंगल शिल्पा रिलमा प्रेमी खोज्दै गरेको देखिएपनि रियलमा भने अझै पाँच वर्ष प्रेमी नबनाउने विचारमा छिन् ।

सार्वजनिक गीतमा मिलन अमात्य र फिरोज बस्नेतको संयुक्त स्वर सुन्न सकिन्छ । अर्जुन पोखरेलले संगीतबद्ध गरेको यो गीतको रचना भने अमृत रेग्मीले गरेका हुन् । जसमा कमल राईको नृत्य निर्देशन हेर्न सकिन्छ । असोज २१ रिलिज फिल्ममा शिल्पा सँगै किशोर खतिवडा र पृथ्विराज लिड रोलमा छन् । टाइगर मेकर भनेर चिनिएका छविराज ओझा निर्मित ‘किस्मत २’लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।

बडादशैमा उल्लेख्य दर्शक हल आउने आशा राख्दै निर्माण यूनिट फिल्म रिलिजको लागि तयारी अवस्थामा छ । यतिबेला भने प्रचार प्रसारको कामलाई तिब्रता दिईको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो