कसले बनायो मिलनलाई लठ्ठै ?


Filmy Kura, Sep 27, 2016 at 6:42 pm

milan-amatyaप्रतिभाशाली गायिका मिलन अमात्य मोहनी बोलीले लठ्ठै बनायो भन्दै दर्शक तथा श्रोतामाझ प्रस्तुत भएकी छिन् । समधुर आवाज भएकी मिलनले आफ्नो गायकी मात्र होइन यो गीतमा भने मोडलिङ गरेर अभिनय सँगै आफ्नो सौन्दर्यता पस्केकी छिन् ।

चलचित्र पाश्र्व गायनमा समेत सफल मिलनले सुगम संगीतमा पनि आफ्नो अलग्गै पहिचान बनाएकी छिन् । ‘मन’ एल्बममा समावेश ‘लठ्ठै बनायो’ बोलको यो गीतमा मिलन र पुष्प खड्का फिचरिङ छन् । निकेश खड्का निर्देशित भिडियो पनि उति कै सुन्दर बनेको छ ।

दिलिप पियाको शब्द रचना रहेको यो गीतमा हरि लम्सालले कर्णप्रिय संगीत भरेका छन् । भिडियोमा गायिकालाई नचाउने काम भने कोरियोग्राफर राजिभ समारले गरेका हुन् । के गायनमा जस्तै मोडलिङमा पनि उत्तिकै सफल सावित होलिन् त मिलन ? रिजल्टका लागि भने केही समय प्रतिक्षा गर्नैपर्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related News

सुगम र सोनाको स्वरमा ‘मेरो माया करोडमा’ रिलिज, बलेको बबाल डान्स
बुद्ध र रचनाको स्वरमा ‘जाले रुमाल’
नीर शाह र मदनकृष्णबीच गजबको दोस्ती, भन्छन् – हामी असाध्यै मिल्छौ
शम्भुजीत बास्कोटाले ३४ वर्ष पहिले यसरी सुरु गरेका थिए रियालिटी शो